१५ भदौ २०८३, सोमबार

गाउँमा उत्पादित दूध बजारसम्म ल्याउन नसकेको गुनासो

२०७४ चैत १७, शनिवार
गाउँमा उत्पादित दूध बजारसम्म ल्याउन नसकेको गुनासो

फाईल फोटो

फाईल फोटो


काठमाडौं । ग्रामीण क्षेत्रका किसानबाट उत्पादित दूधलाई बजारसम्म ल्याउन नसकेको गुनासो गरेका छन् ।
डेरी उद्योग संघको नवौँ वार्षिक साधारण सभाका अवसरमा भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ का सचिव डा वंशी शर्माले दूधको उत्पादन र बजारीकरणलाई प्रदेशले कडा नियम बनाएर अनुगमन गर्ने बताए । “दूधको ७० प्रतिशत माग पूरा गर्ने भैँसीपालन व्यवसायलाई विशेष प्राथमिकता दिनुपर्छ,”– उनले भने ।
मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले दूधको आयातलाई प्रतिस्थापन गरेर स्वदेशमा उत्पादित दूधलाई प्राथमिकता दिनुपर्ने बताए । उनले महँगो भाडा र कच्ची बाटोका कारण निजी क्षेत्रले गाउँका किसानबाट उत्पादित दूधलाई बजारसम्म नल्याएको गुनासो गरे ।
पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले पशुमा हुने खोरेत रोगको उपचार गरी गाईभैँसीको नयाँ बच्चालाई उत्पादन गर्न सके नेपाल दूधमा आत्मानिर्भर बन्ने बताए ।
नेपालमा १५ अर्बभन्दा बढी लगानी रहेको दूध उद्योगमा १५ हजारभन्दा बढी युवाले रोजगारी पाउनुका साथै यसबाट पाँचलाख किसान लाभान्वित भएको अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय