२२ कात्तिक २०८३, आईतवार

कास्कीमा पाँच दिनसम्म सहकारी दिवस मनाइने

२०७४ चैत १७, शनिवार
कास्कीमा पाँच दिनसम्म सहकारी दिवस मनाइने

kaski

पोखरा । पोखरामा विविध कार्यक्रम गरी ६१ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरिएको छ ।

पाँच दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रम सफल पार्न ७२१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न उपसमिति गठन गरिएको जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व बहन गर्दै विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन लागेका छौं,’ उनले भने, ‘यो अभियानमा कास्कीका सम्पूर्ण सहकारीहरुको सक्रिय सहभागिता रहनेछ ।’

२० गते प्रभातफेरीका साथै सहकारीसभा गरिने अध्यक्ष तिवारीले बताइ । १७ गते प्रचारप्रसार कार्यक्रम, १८ गते जिल्ला सहकारी संघको कार्यालयमा रक्तदान र १९ गते प्रत्येक सहकारी कार्यालय तथा विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको तिवारीले जानकारी दिए ।

यसैगरी २० गते सहकारी सभा तथा साँझ दीप प्रज्ज्वलन आयोजना गरिने उनले बताए ।

पत्रकार सम्मेलनमा सहकारीमैत्री नियम तथा कानुन बनाउनु पर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का सञ्चालक भीम गुरुङले बताए ।

अभिलेख

लोकप्रिय