२२ कात्तिक २०८३, आईतवार

ललितपुरको प्रभातफेरीमा ७ सय सहकारीबाट सहभागी हुने

२०७४ चैत १४, बुधबार
ललितपुरको प्रभातफेरीमा ७ सय सहकारीबाट सहभागी हुने

lalitpur-sahakari-dibas

la

काठमाडौं । ललितपुरमा ६१ औं राष्ट्रिय सहकारी दिवसमा सहकारीको विकास र प्रर्वद्धनको निम्ति बृहत प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

विगतका वर्षहरुमा झै यस वर्षपनि विविध कार्यक्रम गरि ललितपुरमा सहकारी दिवस मनाउने क्रम सुरु भएको छ ।

चैत २० गते सहकारी दिवसको दिन बृहत रुपमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगतलाल महर्जनले जानकारी दिए ।

प्रभातफेरी कार्यक्रम लगनखेल जिल्ला अदालत अगाडी भेला भई पाटन अस्पताल, कुमारीपाटी, जावलाखेल, पुल्चोक, गावहाल हुँदै मंगलबजारमा कोणसभाको कार्यक्रम रहेको कार्यक्रमका संयोजक समेत रहेका संघका उपाध्यक्ष महर्जनले बताए ।

कार्यक्रममा करिब ७ सय सहकारी संस्थाका सञ्चालक, लेखा समिति, कर्मचारी र सदस्यहरुको बाक्लो उपस्थित हुने उनले बताए ।

अभिलेख

लोकप्रिय