१६ भदौ २०८३, मङ्गलबार

सहकारी बैंकको शाखा धनकुटामा, जिल्लाका सबै सहकारी आवद्ध गराउने लक्ष्य

२०७४ चैत १३, मङ्गलबार
सहकारी बैंकको शाखा धनकुटामा, जिल्लाका सबै सहकारी आवद्ध गराउने लक्ष्य

dhankuta sahakari bank
ललितपुर । देशभरका सहकारी संघ संस्थाको प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबारदेखि प्रदेश नं. १ को धनकुटामा सेवा सुभारम्भ गरेको छ ।
नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट यस आर्थिक वर्षमा ७ वटा थप शाखा सञ्चालनको अनुमति पाएको बैंकले धनकुटा बजारमा शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
जिल्लामा सहकारी बैंकको शाखा नहुदाँ वार्षिक ३/४ अर्बको कारोबार सदस्य नभएका वित्तीय संस्थामा गर्नु पर्ने बाध्यता अब हट्ने शाखा समन्वय उपसमितिका संयोजक तथा जिल्ला सहकारी संघ धनकुटाका राष्ट्रिय प्रतिनिधि खगेन्द्र सुवेदीले बताए ।
धनकुटाका १ सय १० वटा सहकारी बैंकमा आवद्ध भएका छन्, शाखा स्थापनापछि जिल्लाका सबै सहकारीलाई आवद्ध गराउने योजना रहेको शाखा प्रमुख सिद्धिकुमार श्रेष्ठले बताए ।
हाल धनकुटामा सहकारी बैंकमा आवद्ध सहकारीहरुको शेयर रकम १४ लाख रहेको छ ।
सहकारी बैंकले धनकुटासंगै पाँचथर जिल्लाको फिदिम, सर्लाही जिल्लाको हरिवन र महोत्तरी जिल्लाको बर्दिवासमा शाखा सञ्चालनका लागि गत कात्तिकमा अनुमति पाएको थियो । अनुमति पाएसंगै शाखा सञ्चालनका लागि आवश्यक तयारी शुरु गरिएको र सबै ठाउँमा कारोबार सञ्चालनका तयारी भैरहेको बैंकले जनाएको छ ।
बैंकले फागुन १० गते नेपाल राष्ट्र बैंकबाट थप ३ वटा शाखा सञ्चालनको समेत अनुमति प्राप्त गरेको छ । चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा शाखा सञ्चालनको अनुमति पाएको र तीन वटै स्थानमा शाखा सञ्चालनका लागि आवश्यक तयारी भैरहेको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।
यस आर्थिक वर्षमा ७ वटा शाखा थप गरेपछि ४४ वटा शाखा तथा १ कर्पोरेट कार्यालय मार्फत सहकारी संघ/संस्थाहरुलाई सेवा प्रदान गरिने बैंकले जनाएको छ । थप १० स्थानमा शाखा सञ्चालनका लागि नेपाल राष्ट्र बैकमा अनुरोध गरिएको छ ।

अभिलेख

लोकप्रिय