२२ कात्तिक २०८३, आईतवार

नवजीवन सहकारीको अध्यक्षमा चक्रबहादुर सिंह विजयी

२०७४ चैत १२, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा चक्रबहादुर सिंह विजयी

chakrabahadur-singh
कैलाली । नेपाल राष्ट्र बैंकबाट नेपालमै पहिलो पटक सिमित बैंकिङ कारोबार गर्न इजाजत प्राप्त नवजीवन सहकारी संस्थाको अध्यक्षमा चक्रबहादुर सिंह विजयी भएका छन् ।
चैत १० गते भएको निर्वाचनमा सिंहले ३५३७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रतनबहादुर कठायतले २७७५ मत र ईश्वरप्रसाद जोशीले ५१९ मत ल्याए । यसैगरी संस्थाको उपाध्यक्षमा डा.गोविन्दराज जोशी विजयी भएका छन् । जोशीले ४०५० मत ल्याए । जोशीका प्रतिस्पर्धी देबबहादुर मल्लले २५८३ मत ल्याए ।
त्यस्तै सञ्चालक समितिको सदस्यमा सर्वाधिक ४ हजार २ सय ६३ मत सहित खेमराज पाण्डेय विजयी भए । सदस्यमा इन्दिरा जैसी ४ हजार २ सय ३४, चेतराज ओझा ३ हजार ४ सय २७, जनकराज जोशी ३ हजार ३ सय ५७, घनबहादुर शाह ३ हजार ३ सय १९, कृष्णबहादुर चौधरी ३ हजार १ सय ६५ र देवबहादुर बम ३ हजार ४ सय १३ मत ल्याएर विजयी भए । त्यसैगरी केशव मिश्र ३ हजार १ सय २७, गोपाल पाठक ३ हजार १ सय १२, त्रैलोक्यनाथ जोशी टिएन ३ हजार ४ सय ४ र जयराज जोशी २ हजार ९ सय ४४ मत हासिल गर्दै विजयी भए ।
यस्तै लेखा समितिको संयोजकमा चेतराज जोशी तथा सदस्यमा लक्ष्मीराज पन्त र गोपीलाल चौधरी निर्वा्चित भएका छन् । जिल्ला प्रतिनिधिमा गौरीकुमारी लामा निर्वा्चित भएका छन् ।
प्रधान कार्यालय धनगढी र कार्यक्षेत्र कैलाली, बर्दिया र कञ्चनपुर रहेको उक्त संस्थामा १७ हजारभन्दा बढी शेयर सदस्य रहेका छन् । निर्वाचनमा आठ हजार ८२९ शेयर सदस्यले मतदान गरेका थिए ।
विसं २०५१ मा स्थापना भएको संस्थाले गत आवमा आठ करोड ७७ लाख ९१ हजार खुद मुनाफा गरेको थियो ।

अभिलेख

लोकप्रिय