सम्पत्ति शुद्धीकरणबाट सहकारी आत्तिनु पर्दैनः ढकाल

काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजले ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शुक्रबार सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वर स्थित केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा सहकारी विभागका पूर्व रजिष्ट्रार एवं सहकारी विज्ञ सुदर्शन प्रसाद ढकालले ‘सहकारीमा सम्पत्ति शुद्धीकरणः व्यवस्थापनको जिम्मेवारी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सहसचिव समेत रहेका ढकालले सम्पत्ति शुद्धीकरणको विषय गम्भीर भएपनि सहकारी संस्थाहरु यसबाट आत्तिनु पर्ने अवस्था नरहेको धारणा राखे । सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयन गराउन विभागले जारी गरेको निर्देशनले विषयलाई जटिल रुपमा प्रस्तुत गरेकाले सहकारीमा यसबारे अनावश्यक त्रास पैदा भएको उनको विश्लेषण थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन सहकारीमा मात्र नभई व्यक्ति र गैर सरकारी संस्थाहरुमा पनि लागू हुने जानकारी दिँदै उनले श्रोत नखुलेको पैसा सहकारीले शेयर वा बचतको रुपमा स्वीकार्न नहुने स्पष्ट पारे । कतिपय सहकारी संस्थाले ठूला बैंक र वित्तीय संस्थाहरुले जस्तै एउटै व्यक्तिबाट करोडौं रुपैयाँ समेत निक्षेप लिने गरेको अनुभव सुनाउँदै उनले यसो नगर्न सचेत गराए । ‘सहकारी समुदायमा आधारित संस्था हो, त्यसैले यसले आफू र अन्य वित्तीय क्षेत्रबिचको फरक छुट्टयाउन सक्नुपर्छ’ उनले भने, ‘आज करोडौं रुपैयाँ बचत गर्नेले भोलि नै पैसा फिर्ता माग्न पनि सक्छ । यसबाट संस्था वित्तीय जोखिममा पर्ने खतरा हुन्छ ।’ पूर्व रजिष्ट्रार ढकालले सहकारी ऐन, २०७४ ले व्यवस्था गरेबमोजिम सदस्यबाट शेयर पूँजीको अनुपातमा कति गुणा सम्म बचत संकलन गर्ने भन्ने स्पष्ट कार्यविधि बनाउन सहकारी संस्थाहरुलाई सुझाव दिए ।
कार्यपत्र मार्फत सम्पत्ति शुद्धीकरणको आधारभूत जानकारी दिनुका साथै पूर्व सहसचिव ढकालले सम्पत्ति शुद्धीकरणका लागि प्रयोग हुने प्रमुख माध्यमहरु, गैरकानुनी तवरले सम्पत्ति आर्जित हुने क्षेत्रहरु र सहकारीमा सम्पत्ति शुद्धीकरणले निम्त्याउने जोखिमबारे उल्लेख गरे । त्यसैगरी उनले सहकारीमा सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि संस्थाहरुले अवलम्वन गर्नुपर्ने उपाय तथा व्यवस्थाबारे चर्चा गर्दै जोखिमको सम्भावना भएका सदस्यहरु प्रति संस्थाको संचालक समिति र व्यवस्थापन चनाखो रहनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाले आफूहरुसंग थुप्रै सहकारी संस्थाहरुले विभागले जारी गरेको निर्देशनको बरेमा जिज्ञाशा राख्नुका साथै केहीले अनभिज्ञता समेत प्रकट गरेकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार