स्थानीय तहलाई सहकारी हस्तान्तरण सुरु

बागलुङ । डिभिजन सहकारी कार्यालय बागलुङले स्थानीय तहलाई सहकारी संघ संस्था हस्तान्तरण गर्न सुरु गरेको छ ।
संघीयताको कार्यान्वयन पछि बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाको दर्ता, खारेजी, नियमन, संरक्षण, प्रर्वद्धनको अधिकार पनि स्थानीय सरकारसंग रहेकाले सोही ऐन कार्यान्यवयनको लागि सहकारीका अभिलेखहरु हस्तान्तरण गर्न सुरु गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
डिभिजन सहकारी कार्यालय बागलुङको मातहतमा रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १ हजार ६९ वटा सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण प्रक्रिया शुरु गरिएको डिभिजन प्रमुख शर्माले बताए ।
शर्माले छिट्टै बागलुङका ४ सय ३६, म्याग्दीमा बाँकी रहेका १ सय ९४, मुस्ताङका ३८ र पर्वतका ३ सय ३९ वटा सहकारीको अभिलेख हस्तान्तरण पक्रिया अगाडी बढाइने बताए । ऐन अनुसार एक स्थानीय तहभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई प्रदेशमा हस्तानतरण गरिने छ ।
धौलागिरिका २८ स्थानीय तह अन्तरगत रहने सहकारी सहकारीको संख्या ७ सय ४४ र प्रदेशमा अभिलेख पठाउनु पर्ने सहकारी २ सय ९५ रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
