२२ कात्तिक २०८३, आईतवार

ललितपुरमा यसरी मनाइँदै ६१ औं राष्ट्रिय सहकारी दिवस

२०७४ चैत ६, मङ्गलबार
ललितपुरमा यसरी मनाइँदै ६१ औं राष्ट्रिय सहकारी दिवस

district_Co-operative_Union_Lalitpur
काठमाडौं । ६१ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउन जिल्ला मूल समारोह समिति, ललितपुरले जिल्लाका सहकारीकर्मीलाई आव्हान गरेको छ । यो वर्ष पनि ललितपुरमा विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा सहकारी दिवस मनाउन लागिएको छ । चैत १२ गतेदेखि २० गतेसम्म कार्यक्रम तय भएको जिल्ला मूल समारोह समिति ललितपुरले जनाएको छ ।
चैत १२ गतेदेखि १६ गतेसम्म जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरको संयोजकत्वमा ब्याडमिन्टन प्रतियोगिता हुँदै छ । त्यस्तै चैत १७ गते शनिबार मंगलबजार परिसरमा प्रतिभा बचत तथा ऋण सहकारीको संयोजकत्वमा रक्तदान कार्यक्रम तय भएको छ ।
सोही दिन सिद्धिविनायक कृषि सहकारीको संयोजकत्वमा ज्ञानज्योती निमाविमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरी सम्बद्ध समाजका लािग सहकारी विषयक खुला निबन्ध प्रतियोगिता पनि हुँदैछ । १७ र १८ गते बृहत सहकारी गोष्ठी हुनेछ । १८ गते नै सहकारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि तय भएको छ ।
२० गते बिहान सहकारी प्रभातफेरी हुनेछ । प्रभातफेरी जिल्ला अदालत लगनखेलबाट पाटन अस्पताल, कुमारीपाटी, जावलाखेल, पुल्चोक हुँदै मंगलबजार पुगेर प्रभातफेरी सम्पन्न हुनेछ ।
त्यही दिन साँझ ललितपुरका विभिन्न स्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि तय भएको छ । साँझ ६ बजे गोटीखेल, चापागाउँ, टौखेल, लगनखेल, मंगलबजार, हरिसिद्धि, सुनाकोठी, लुभु, ठेचो र सिद्धिपुरमा दीप प्रज्वलन कार्यक्रम तय भएको छ ।

अभिलेख

लोकप्रिय