२२ कात्तिक २०८३, आईतवार

'सहकारी महासम्मेलनमा १० हजार तिरेर पछुताउनु पर्ने छैन'

२०७४ चैत ४, आईतवार
'सहकारी महासम्मेलनमा १० हजार तिरेर पछुताउनु पर्ने छैन'

chitra mam

चित्रा कुमारी थाम्सुहाङ्ग सुव्वा, कामु महाप्रवन्धक
राष्ट्रिय सहकारी महासंघ नेपाल

दोस्रो सहकारी महासम्मेलनको तयारीको विषयमा जानकारी गराईदिनुस् न ?
महासम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरु प्राप्त भैसकेको छ । उक्त कार्यपत्रको संगालो बनाउने काम भईरहेको छ । सरोकारवाला निकायहरुको सहभागिताका साथै सहकारीकर्मीको लागि नाम दर्ता धमाधम भईरहेको छ । व्यवस्थापनको काम पनि धमाधम भईरहेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको बोर्ड मिटिङ नेपालमा २३ गते हुँदैछ । मिटिङको पनि तयारी भईरहेको छ ।

महासम्मेलनका उद्देश्य के–के हुन् ?
राष्ट्रिय सहकारी महासंघले २०७० चैत्र ११ देखि १३ गते सम्म प्रथम सहकारी महासम्मेलन सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त सम्मेलनले परिकल्पना गरेको धेरै विषयमा हामी सफल भएका छौं । उक्त परिकल्पनाको समिक्षा गर्दै दोस्रा महासम्मेलन गर्न लागेका हौं ।
सम्मेलनबाट नेपालको सहकारी अभियानको हालसम्मका उपलव्धीहरूको सिंहावलोकन हुनेछ । सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको सहभागिता तथा योगदानमा वृद्धि गर्ने उद्देश्य रहेको छ । त्यस्तै सरकार तथा सहकारी अभियान एवं सरोकारवाला निकायहरूबीच सुदृढ सम्वन्ध र समन्वयको विकास, सहकारी क्षेत्रको साझा समस्याको पहिचान तथा भावी कार्यदिशा निर्दिष्ट गर्ने, अन्तर्राष्ट्रिय सहकारी महासंघको लक्ष्य अनुरूप सहकारी दशकभित्र सहकारी व्यवसायको सुदृढीकरण लगायत महासम्मेलनको उद्देश्य रहेको छ ।

महासम्मेलनबाट उपलब्धी के हुनेछ ?
नेपालको सहकारी अभियानको दिशा निर्देश हुनेछ । अभियानको मार्ग निर्देश गर्नेछ । सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको योगदानमा वृद्धि हुनुका साथै सहकारी क्षेत्रमा हालसम्म भएका उपलव्धीहरूको पुनर्मुल्यांकन गर्दै संस्थागत हुने अपेक्षा गरेका छौं । सहकारी क्षेत्रमा देखिएका साझा समस्याको पहिचान र समाधानका लागि साझा प्रतिवद्धता प्रकट हुनेछ । सरोकारवाला निकायहरुका बीच समन्वयात्मक सम्बन्धको विकास तथा विस्तार हुनेछ । सहकारी क्षेत्रको लागि क्षेत्रगत विकासका नीतिहरू तर्जुमा गर्न सहयोग पुग्नेछ । सरोकारवाला सरकारी, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहकारी निकायहरूसंगको सम्वन्ध र सहकार्यमा बृद्धि हुनेछ । सहकारीको अन्तरसम्वन्धित विषयहरूउपर छलफल भई तद्नुरूप अघि वढन मद्दत पुग्नेछ ।

महासम्मेलनमा सहभागिताको लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो रकम सबैका लागि उपयुक्त छ ?
धेरै व्यक्तिबाट शुल्क महंगो भएको कुरा उठेको छ । अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुने भएकाले पनि दर्ता शुल्क महंगो भएको हो । दुर्गम जिल्लाको सहभागिताको लागि छुटको पनि व्यवस्था गरेका छौं । विभिन्न निकायहरुको सहभागिताको लागि भने हामी शुल्क लिने छैनौं । कार्यक्रम व्यवस्थापन गर्नका लागि उक्त रकम निर्धारण गरेका छौं । महासम्मेलन सकिएपछि शुल्क महंगो भएको गुनासो पक्कै हुने छैन । कार्यक्रम सकिएपछि १० हजार तिरेर पछुताउने पर्ने छैन ।

देशभरका आम सहकारीकर्मीलाई तपाईंको सन्देश के छ ?
महासम्मेलनमा सहभागी हुन अनुरोध गर्दछु । शुल्क मात्र ठूलो कुरा होईन । महत्वपूर्ण विषयहरुमा छलफल हुँदैछ । विदेशमा सहकारी नयाँ नयाँ अवधारण अनुसार सञ्चालन भएका छन् । पहिलो सम्मेलन जस्तै दोस्रो सहकारी महासम्मेलन पनि भव्यताका साथ सफल बनाउन आम सहकारीकर्मीहरुको साथ र सहयोग आवश्यक छ । सम्मेलनमा सहभागी हुन नाम दर्ता नगर्नुभएका सहकारी संघ÷संस्था र सहकारीकर्मीलाई आजै नाम दर्ता गर्नअनुरोध पनि गर्दछु ।

congress

अभिलेख

लोकप्रिय