धादिङ सञ्चार सहकारीको अध्यक्षमा पोषनाथ अधिकारी

धादिङ / धादिङ सञ्चार सहकारी संस्थाको अध्यक्षमा पोषनाथ अधिकारी निर्वाचित भएका छन् । संस्थाको आइतबार भएको सातौँ वार्षिक साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा मुरारी अधिकारी र सानुबाबु तिमिल्सीना, महासचिवमा केशव अधिकारी, सचिवमा मनिष दुवाडी र कोषाध्यक्षमा बद्री अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद ढकाल, रामबहादुर ठकुरी (आशिष), गीता अधिकारी, निरमाया गुरुङ (डोल्मा), सिर्जना खनाल रहेका छन् ।
अधिवेशनले विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको छ । लेखा समितिको संयोजकमा अर्जुन खतिवडा सदस्यहरुमा अर्जुनकुमार श्रेष्ठ र शिवराज आचार्य रहेका छन् । त्यस्तै ऋण उपसमितिको संयोजकमा गीता अधिकारी सदस्यहरुमा सरिता श्रेष्ठ र सुदिप कोइराला रहेका छन् ।
त्यस्तै शिक्षा उपसमितिको संयोजकमा नारायण सिलवाल, सदस्यहरुमा सीताराम अधिकारी र अनिता शाक्य रहेका छन् । सहकारी संस्थामा हालसम्म ५९ जना सदस्यहरु रहेका छन् । धादिङका पत्रकारहरु सम्मीलित सहकारीले पत्रकारहरुको हक हित तथा सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, महासंघका संस्थापक अध्यक्ष सीतारामप्रसाद बर्मा, सहकारीका संस्थापक अध्यक्ष राजाराम शर्मा लगायत शेयर सदस्यहरु सहभागी थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
