१६ भदौ २०८३, मङ्गलबार

सहकारी महासम्मेलनको खर्च मात्रै एक करोड २८ लाख, उपलब्धी के ?

२०७४ फागुन ३०, बुधबार
सहकारी महासम्मेलनको खर्च मात्रै एक करोड २८ लाख, उपलब्धी के ?

congress

काठमाडौं । चैत २१ र २२ गते दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै छ ।

राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरीवी निवारण मन्त्रालयको आयोजनामा हुने महासम्मेलनको तयारी तीब्र बनाईएको छ । महासम्मेलनको सह–आयोजक राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी बैंक तथा विषयगत केन्द्रीय सहकारी संघहरू रहेका छन् ।

काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रममा नेपाल सरकार, बोर्ड, सहकारी संघ÷संस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकायहरू गरी करीब एक हजार जनाको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ । त्यसैगरि कार्यक्रममा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू÷विदेशी कुटनितिज्ञहरू  करीब ५० जनाको सहभागिता रहने छ ।

खर्च कति ?

दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन खर्चिलो हुने देखिएको छ । राष्ट्रिय सहकारी महासंघका अनुसार कार्यक्रमको अनुमानित बजेट एक करोड २८ लाख रहेको छ । कार्यक्रमको लागि नेपाल सरकारले मात्रै ६४ लाख सहयोग गरेको छ । महासम्मेलनका लागि सहभागी रजिष्ट्रेशन शूल्क प्रतिव्यक्ति १० हजार उठाएको छ ।  त्यसैगरी आयोजकले दातृ निकाय, सहकारी संघ÷संस्थाहरूबाट पनि रकम उठाएको छ ।

उपलब्धी के ?

– सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको योगदानमा वृद्धि हुनेछ ।

– सहकारी क्षेत्रमा हालसम्म भएका उपलव्धीहरूको पुनर्मुल्यांकन गर्दै संस्थागत हुनेछ ।

– सहकारी क्षेत्रमा देखिएका साझा समस्याको पहिचान र समाधानका लागि साझा प्रतिवद्धता प्रकट हुनेछ ।

– सरोकारवाला निकायहरुका बीच समन्वयात्मक सम्बन्धको विकास तथा विस्तार हुनेछ ।

– सहकारी क्षेत्रको लागि क्षेत्रगत विकासका नीतिहरू तर्जुमा गर्न सहयोग पुग्नेछ ।

– सरोकारवाला सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी निकायहरूसंगको सम्वन्ध र सहकार्यमा

बृद्धि हुनेछ ।

– सहकारीको अन्तरसम्वन्धित विषयहरूउपर छलफल भई तद्नुरूप अघि वढन मद्दत पुग्नेछ ।

अभिलेख

लोकप्रिय