सहकारी महासम्मेलनको खर्च मात्रै एक करोड २८ लाख, उपलब्धी के ?

काठमाडौं । चैत २१ र २२ गते दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै छ ।
राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरीवी निवारण मन्त्रालयको आयोजनामा हुने महासम्मेलनको तयारी तीब्र बनाईएको छ । महासम्मेलनको सह–आयोजक राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी बैंक तथा विषयगत केन्द्रीय सहकारी संघहरू रहेका छन् ।
काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रममा नेपाल सरकार, बोर्ड, सहकारी संघ÷संस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकायहरू गरी करीब एक हजार जनाको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ । त्यसैगरि कार्यक्रममा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू÷विदेशी कुटनितिज्ञहरू करीब ५० जनाको सहभागिता रहने छ ।
खर्च कति ?
दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन खर्चिलो हुने देखिएको छ । राष्ट्रिय सहकारी महासंघका अनुसार कार्यक्रमको अनुमानित बजेट एक करोड २८ लाख रहेको छ । कार्यक्रमको लागि नेपाल सरकारले मात्रै ६४ लाख सहयोग गरेको छ । महासम्मेलनका लागि सहभागी रजिष्ट्रेशन शूल्क प्रतिव्यक्ति १० हजार उठाएको छ । त्यसैगरी आयोजकले दातृ निकाय, सहकारी संघ÷संस्थाहरूबाट पनि रकम उठाएको छ ।
उपलब्धी के ?
– सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको योगदानमा वृद्धि हुनेछ ।
– सहकारी क्षेत्रमा हालसम्म भएका उपलव्धीहरूको पुनर्मुल्यांकन गर्दै संस्थागत हुनेछ ।
– सहकारी क्षेत्रमा देखिएका साझा समस्याको पहिचान र समाधानका लागि साझा प्रतिवद्धता प्रकट हुनेछ ।
– सरोकारवाला निकायहरुका बीच समन्वयात्मक सम्बन्धको विकास तथा विस्तार हुनेछ ।
– सहकारी क्षेत्रको लागि क्षेत्रगत विकासका नीतिहरू तर्जुमा गर्न सहयोग पुग्नेछ ।
– सरोकारवाला सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी निकायहरूसंगको सम्वन्ध र सहकार्यमा
बृद्धि हुनेछ ।
– सहकारीको अन्तरसम्वन्धित विषयहरूउपर छलफल भई तद्नुरूप अघि वढन मद्दत पुग्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
