२२ कात्तिक २०८३, आईतवार

उपासना र शैलभा साकोसको आँखा शिविरः सहकारी नेतादेखि सर्वसाधरणको आँखा जाँचियो

२०७४ फागुन २४, बिहिबार
उपासना र शैलभा साकोसको आँखा शिविरः सहकारी नेतादेखि सर्वसाधरणको आँखा जाँचियो

upasana

काठमाडौँ । १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उपासना महिला साकोस र शैलभा साकोसको आयोजनामा बृहत आँखा शिविर गरिएको छ ।

सीतापाइला चोकमा गरिएको आँखा शिविर कलंकीस्थित दृष्टि आँखा अस्पताल र ओम डेभलपमेन्ट बैंक कलंकी शाखाको सहकार्यमा भएको हो । उक्त शिविरमा २०५ जनाले आँखा परीक्षण गराएका थिए ।

सामाजिक उत्तरदायित्व बहन गर्दै संयुक्तरुपमा आँखा शिविरको आयोजना गरिएको उपासना महिला साकोसका अध्यक्ष अमरावती बलामी (महर्जनले) जानकारी दिइन् ।

सहकारीका सदस्यहरुलाई मध्यनजर गरी आँखा शिविर गरिएको आयोजक संस्था शैलभा साकोसका अध्यक्ष विक्रम श्रेष्ठले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने उनले बताए ।

आँखा शिविरमा जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईँ, कोषाध्यक्ष मनोज भण्डारी, काठमाडौं बचत तथा ऋण सहकारी संघका लेखा समितिका संयोजक कमलराज सापकोटा, सज्जन महिला साकोसका अध्यक्ष सीमा पुरी र नेफ्स्कूनका उपाध्यक्ष परितोष पौडेल लगायत सहकारीकर्मीहरु उपस्थित थिए ।

अस्पतालले चैत महिना भित्र आँखामा समस्या देखिएका व्यक्तिहरुको थप उपचारमा विशेष छुटको समेत व्यवस्था गरिएको जनाएको छ ।

अभिलेख

लोकप्रिय