२२ कात्तिक २०८३, आईतवार

नारी दिवसमा सहकारीकर्मीबीच शुभकामना आदानप्रदान

२०७४ फागुन २४, बिहिबार
नारी दिवसमा सहकारीकर्मीबीच शुभकामना आदानप्रदान

upasana 2

काठमाडौँ । १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उपासना महिला साकोसको आयोजनामा सहकारीकर्मीबीच शुभकामना आदानप्रदान गरिएको छ ।

जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा सहकारी संस्थाका सदस्य, कर्मचारी र सञ्चालकबीच शुभकामना आदानप्रदान गरिएको हो ।

जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालिका समेत रहेकी उपसाना साकोसका अध्यक्ष अमरावती बलामी (महर्जन)ले संघमा महिला उपसमिति गठनको प्रस्ताव अध्यक्ष चौलागाईँ समक्ष राखेकी थिइन् ।

उपसमिति गठनबारेमा आगामी बैठमा निर्णय गर्ने अध्यक्ष चौलागाईँले बताए । कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय