२२ कात्तिक २०८३, आईतवार

महिला आफैँ अग्रसर भएर सहकारीको नेतृत्वमा पहुँच बढाउनु पर्छ : मिनराज कँडेल

२०७४ फागुन २२, मङ्गलबार
महिला आफैँ अग्रसर भएर सहकारीको नेतृत्वमा पहुँच बढाउनु पर्छ : मिनराज कँडेल

धादिङ । राष्ट्रिय सहकारी महासंघद्वारा धादिङमा सहकारी प्रर्वद्धनले महिला तथा युवा सशिक्तकरणमा पारेको प्रभाव विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम धादिङ जिल्ला सदरमुकामबेंसी फाल्गुन २० गते सम्पन्न भएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले एक समारोहकासाथ पानसमा दीप प्रज्वलन गरी उक्त अन्तरकृयाको उद्घाटन गरेका थिए । सो अन्तरक्रिया कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कंडेलले सहकारी संघ/संस्थाहरुको प्रवद्र्धनले नै महिला तथा युवा सशक्तिकरणलाई बल पु¥याएको जिकिर गर्दै दीगो विकास लक्ष्य हासिल गर्नका लागि पनि सहकारीको योगदान महत्वपूर्ण रहेको बताए। सहकारी क्षेत्रमा महिला सहभागीता करीब ५१ रहेको भए पनि सो अनुपातमा सहकारीको नेतृत्व तहमा अभैm पनि महिला प्रतिनिधित्व कमी भइरहेको गुनासो गर्दै महिलाहरु आफैं अग्रसर भएर सहकारीको नेतृत्वमा पहुँच बढाउनु पर्ने सुझाव दिए ।

मुलुक परिवर्तनको संघारमा आएको अवस्थामा परिवर्तनका संवाहक मानिएको युवाहरुले देश र जनताप्रति आफ्नो भूमिका र जिम्मेवारी खोजी गर्नु पर्ने बेला भएको उनले बताए । सहकारीले मुलुकको उत्पादनमुखी क्षेत्रमा विस्तार हुन खोजिरहेको अवस्थामा रोजगारीका लागि विदेश पालयन हुन बाध्य उर्जाशील उमेरका युवाहरुले सहकारी मार्फत संगठित भएर स्वदेशमा नै रोजगार बन्न सक्ने प्रचुर सम्भावना रहेको बताए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरिरहनु भएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का उपाध्यक्ष पार्वती खाँण राईले महिलाका लागि मात्र सहकारी नभएकाले सहकारीका लागि समेत महिला आवश्यक भएको बताउँदै सहकारीले नै महिलाको नेतृत्व विकास र व्यवस्थापकीय क्षमता बढाउन मद्दत गरेको स्पष्ट पारिन । सहकारीले सदस्य शिक्षा मात्र नभएर महिलाहरुलाई पारिवारिक शिक्षा समेत दिनु पर्ने आवश्यकता औल्याउँदै राईले सहकारीका नीति, नियम र विनियमहरु महिलामैत्री हुनु पर्ने कुरामा जोड दिईन ।

सोही अवसरमा जिल्ला सहकारी संघ लि। धादिङ्गका अध्यक्ष नेत्रराज पौडेलले उक्त कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
जिल्लाका करीब ६० जना महिला तथा युवाहरुको उत्साहवद्र्धक सहभागीतामा सम्पन्न सो कार्यक्रममा नेफस्कून उपाध्यक्ष पार्वती खाँणले सहकारी प्रवद्र्धनले महिला तथा युवा सशक्तीकरणमा पारेको प्रभाव विषयक कार्यपत्र र सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धनमा राष्ट्रिय सहकारी महासंघको भूमिका विषयमा महासंघकै सदस्य समन्वय अधिकृत देविका खतिवडाको प्रस्तुति रहेको थियो ।

अभिलेख

लोकप्रिय