२२ कात्तिक २०८३, आईतवार

सहकारीमार्फत वित्तीय साक्षरता

२०७४ फागुन २२, मङ्गलबार
सहकारीमार्फत वित्तीय साक्षरता

baglung coop

बागलुङ । पछिल्लो क्रममा नेपालमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण तवरले हेरिएको छ । सामान्य अर्थमा आम्दानीका स्रोत के–के हुन सक्छन्, दैनीक जीवनमा के–कस्ता क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ, खर्चका प्राथामिकीकरण कसरी गर्ने र बाँकी रहेको रकमलाई कसरी कहाँ लगानी गर्ने भन्ने विषयमा स्पष्ट हुनुलाई नै वित्तीय साक्षरता भनिन्छ ।

वित्तीय साक्षरता सम्वन्धमा अनविज्ञता र यस सम्वन्धमा आम नागरिक सचेत नहुँदा समय समयमा आईपर्ने आर्थिक संकट तथा वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि। बागलुङको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि। बागलुङको संयोजनमा मंगलबार बागलुङ बजारमा १ दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्थित विभिन्न क्याम्पस, स्कुल, कलेज र सहकारी संघ संस्थाहरुका ७३ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

अभिलेख

लोकप्रिय