२२ कात्तिक २०८३, आईतवार

बाजुरामा बैंकको कारोबार बन्द गर्न निर्देशन, सहकारीलाई मात्र बढावा

२०७४ फागुन १८, शुक्रबार
बाजुरामा बैंकको कारोबार बन्द गर्न निर्देशन, सहकारीलाई मात्र बढावा

काठमाडौं । बाजुरास्थित गौमुल गाउँपालिका कार्यालयले बैंक तथा वित्तीय संस्थाको कारोबारमा रोक लगाउने निर्णय गरेको छ । कार्यालयले फागुन १० गते त्यहाँस्थित बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्दै कारोबार बन्द गर्न निर्देशन दिएको हो ।
कार्यालयले निर्धन उत्थान विकास बैंक, किसान माइक्रोफाइनान्स र डिप्रोस लघुवित्त वित्तीय संस्थालाई पत्र लेख्दै एक महिनाभित्र कारोबार बन्द गर्न निर्देशन दिएको छ । स्थानीय तहले फागुन ८ गतेको दोस्रो गाउँसभाबाट निर्णय भएको भन्दै स्थानीय सहकारीहरुलाई मात्र बढावा दिने पत्रमा उल्लेख गरेको छ ।

अभिलेख

लोकप्रिय