२२ कात्तिक २०८३, आईतवार

शिखर साकोसको मुख्य कार्यालय स्थानान्तरण

२०७४ फागुन १६, बुधबार
शिखर साकोसको मुख्य कार्यालय स्थानान्तरण

shikhar
बिर्तामोड । बिर्तामोड–४ भद्रपुर रोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड–५ हिकोला रोडमा कार्यालय स्थानान्तरण गरेको छ ।
नयाँ कार्यालय भवनमा अत्याधुनिक प्रविधि जडान गरि कार्यालय सञ्चालन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।
बुधबार एक भव्य समारोह बीच जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, डिभिजन सहकारी कार्यालय भद्रपुरका सहकारी निरीक्षक डिल्ली दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले संयुक्तरुपमा कार्यालय उद्घाटन गरे ।
१० वर्षका लागि भवन भाडामा लिएर कार्यालय स्थानान्तरण गरिएको संस्थाका सचिव प्रसाईंले बताए ।
 

अभिलेख

लोकप्रिय