थप तीन शाखा विस्तार गर्न राष्ट्रिय सहकारी बैंकलाई राष्ट्र बैंकको स्वीकृति

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ संस्थालाई सेवा दिने उदेश्यले थप तीन शाखा विस्तारका लागि स्वीकृति प्राप्त गरेको छ ।
बैंकले फागुन १० गते नेपाल राष्ट्र बैंकबाट थप ३ वटा शाखा सञ्चालनको अनुमति प्राप्त गरेको हो । सहकारी विभागको सहमतिमा राष्ट्र बैंकले सहकारी बैंकलाई थप ३ शाखा सञ्चालनका लागि अनुमति दिएको हो ।
राष्ट्र बैंकले चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा शाखा सञ्चालनको अनुमति दिएको हो ।
यस अघि गत कात्तिकमा बैंकले ४ वटा शाखा सञ्चालनको अनुमति पाएको थियो । कात्तिकमा स्वीकृति पाएका धनकुटा जिल्लाको धनकुटा बजार, पाँचथर जिल्लाको फिदिम, सर्लाही जिल्लाको हरिवन र महोत्तरी जिल्लाको बर्दिवासमा शाखा सञ्चालनको काम अन्तिम चरणमा पुगेको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।
२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेदेखि कारोबार शुरु गरेको राष्ट्रिय सहकारी बैंकले २०६७ साउन १० गतेदेखि नेपाल राष्ट्र बैंकबाट सिमित बैकिङ कारोबारको स्वीकृति पाएको थियो ।
सहकारी विभाग र नेपाल राष्ट्र बैंकको नियमन र अनुगमनमा सञ्चालन भैरहेको सहकारी बैंकका हाल ३७ शाखा र एक मुख्य शाखा गरी ३८ स्थानबाट कारोबार सञ्चालन भैरहेको छ ।
यसै आर्थिक वर्षदेखि बैकले ४४ शाखा र १ मुख्य शाखा गरी ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
देशभरका करिब १० हजार सहकारी संघ संस्था सदस्य रहेको सहकारी बैंकमा नेपाल सरकारको १ करोड सहित ९५ करोड शेयर रकम, १४ अर्ब निक्षेप, ११ अर्ब कर्जा लगानी रहेको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिए ।
बैंकले आ.व. २०७५/०७६ को अन्त्यसम्म १६ हजार शेयर सदस्य, २ अर्ब शेयर रकम, २० र कर्जा लगानी १६ अर्ब पु¥याउने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
