'सहकारी ऐन अनुसार नियमावली बनाउनु पर्नेमा जाेड'

पोखरा । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा प्रदेशसभाका सदस्य प्रभा कोइरालाले राज्यले लिएको तीन खम्बे अर्थनीति अनुसार राज्यका सबै क्षेत्रमा सहकारीको ३३ प्रतिशत सहभागिता अनिवार्य गर्नु पर्नेमा जोड दिनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड कास्की र राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले आइतवार पोखरामा आयोजना गरेको सहकारी ऐन २०७४ र समसामयिक विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो । संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको सहभागितामा बढाउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नु पर्ने बताउनु भयो । सहकारी क्षेत्रबाट जनताले श्रम, शीप र पूँजि परिचालन गरी थप आयआर्जन गर्ने, वचत गर्ने र आफ्ना समस्या आफै समाधानको बाटोमा लागेर राज्यलाई सहयोग गरेको भन्दै उहाँले सहकारी क्षेत्रको योगदानलाई स्मरण गरेर सहकारी मैत्री नीति नियम निर्माणमा जोड दिनुभयो ।
कार्यक्रमको उदेश्य र प्रभावकारीताका बारेमा जानकारी गराउदै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार क्षेत्रका रुपमा विकास गर्नका लागि यसका नीति नियमहरुको पालना गर्दै व्यावसायिकतामा ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भीम गुरुङले सम्पत्ती सुद्धिकरणले सहकारीहरुलाई संस्थागत हुन प्रेरित गरेको भन्दै यसलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतम लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष रविरमण तिवारीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको स्वागत र बैंकका शाखा प्रमुख केदारनाथ उप्रेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कास्कीका विभिन्न विषयका १ सय ५० वटा सहकारी संंघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी ऐनले सहकारीको प्रवद्र्धनमा पार्न सक्ने प्रभाव लगायत समसामयिक विषयमा छलफल भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
