सदस्यको गरिबीको मापन गर्दै विकू बचत

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलो पटक सदस्यहरुको बहुआयामिक गरिबी मापन गर्ने भएको छ । बहुआयामिक विधिमा तीन वटा आयमका १० वटा सूचकहरुको अध्ययन गरी गरिबीको मापन गरिने संस्थाले जनाएको छ ।
स्वास्थ्यसम्बन्धी दुई, शिक्षाका दुई र जीवनस्तरका ६ वटा सूचकहरु समावेश गरी तिनको निचोड निकाली आफ्नो नीति तथा कार्यक्रमहरु त्यसै प्रति लक्षित गरि तयार गरिने संस्थाले जानकारी दिएको छ । यो नेपालमा परम्परागत रुपले गरि आएको गरिबीमापन विधि भन्दा फरक रहेको जनाएको छ ।
उक्त कार्यक्रमका लागि संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न १८ वटा विद्यालयहरुबाट ५० जना विद्यार्थीहरु सर्वेक्षणकर्ताको रुपमा छनौट गरि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
२०४८ साल भाद्र ५ गते स्थापना भएको विकू बचतको हाल ४० हजार शेयर सदस्य, करिब ३ अरब कुल पूँजि तथा ११ बटा सेवाकेन्द्र मार्फत नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्रमा वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै आईरहेको छ भने हालै सहकारी संस्थाहरुमा नेपालमै पहिलो पटक एटिएम सेवा पनि संचालन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
