बडालले सहकारीमा जम्मा भएको कालोधनबारे मुख खोले

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कालो धनले कुनै पनि देश चल्न नसक्ने र सहकारीमा कालो धन नभएको दाबी गरेका छन् । कालो धन खुट्टामा जन्जिर लगाएजस्तै भएको बताउँँदै अध्यक्ष बडालले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद, हतियारधारीहरुको पैसा नभएको दाबी गरे ।
बिहीबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजना र नेचुरल साकोसको सहयोगमा ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तरक्रिया बोल्दै उनले सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण लागु हुनु स्वागतयोग्य रहेको बताए । ‘सहकारीमा सम्पत्ति सुद्धिकरण लागू हुनु आपत्तिजक विषय होइन’ उनले भने, ‘सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोबार हुने गरेको छ ।’ सम्पत्ति सुद्धिकरण सहकारीलाई दण्ड दिने भन्दा पनि स्वच्छ र व्यवस्थित बनाउनतर्फ लाग्नुपर्ने उनको भनाई थियो ।
राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी संशकित हुनुभन्दा पनि थप व्यवस्थित गर्न लाग्नुपर्ने बताए । कार्यान्ववयन चुनौती भएपनि सरोकारवाला निकाय सबैको समन्वयमा सहजै कार्यान्वयन गर्न सकिने उनको भनाई थियो । उनले निर्देशिकाले सहकारीलाई डकुमेन्टेसन गर्न वाध्य बनाएको र यसले सहकारी व्यवस्थित बन्न सघाउ पुग्ने बताए । ‘दश वर्षसम्म सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण ऐन लागू नहुनु दुःखद् कुरा हो’ नेपालले भने, ‘सहकारीलाई सही बाटोमा हिँडाउन निर्देशिकाले अभिप्रेरित गर्नेछ ।’ राष्ट्र बैंकअन्र्तगत वित्तीय इकाई भएपनि मनी लाउन्डरिङको रिपोर्ट लिने माध्यम मात्र भएको र इकाईमा गभर्नरको समेत कुनै अधिकार र जिम्मेवारी नहुने उनले स्पष्ट पारे । सहकारीमा अनुगमन प्रभावकारी हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा सम्पत्ति सुद्धिकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभुन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न आग्रह गरे । ‘सहकारीमा स्वच्छ कारोबार भइरहेको छ भन्ने सन्देश दिनका लागि पनि निर्देशिका कार्यान्वयनमा जानुको विकल्प छैन,’ उनले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले काठमाडौंका सहकारीमा तुलनात्मकरुपमा बढी विकृती भएको बताउँदै निर्देशिका काठमाडौंका सहकारीमा पूर्ण रुपमा कार्यान्वयन गर्न सके देशभरी नै लागू हुन सहज हुने बताए । सम्पत्ति सुद्धिकरण शिक्षा देशभरका सहकारीमा लागु गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘कानुन, नीति, नियम स्वीकार नगर्ने सहकारीहरु सहकारी नै होइन’ उनले भने, ‘कतिपय सहकारी नीति, नियममा बस्नुपर्ने भएकाले नेफ्स्कुनको सदस्यसमेत बन्नेका छैनन् ।’
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सम्पत्ति सुद्धिकरण निर्देशिका कमाई खाने भाँडो बन्न नहुने बताए । विभागद्वारा जारी भएका मापदण्ड पूर्णरुपमा कार्यान्वयन हुन नसकेको र निर्देशिका कार्यान्वयन गर्न विभाग र सहकारीकर्मीहरु एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
