आईसिएका अध्यक्ष एरियल ग्वार्काे नेपाल आउने

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए)का अध्यक्ष एरियल ग्वार्काे नेपाल आउने भएका छन् ।
चैत २१ र २२ गते काठमाडौंको होटल सोल्टीमा हुने दोस्रो सहकारी महासम्मेलनमा भाग लिन ग्वार्काे नेपाल आउन लागेका हुन् ।
महासम्मेलनले नेपालको सहकारी अभियानमा हालसम्मको उपलब्धीको सिंहावलोकन गरी थप उपलब्धीमुलक बनाउने, सन २०३० सम्मको दीगो विकास लक्ष्य प्राप्तिका लागि सहभागिता र योगदानमा वृद्धि गर्ने, सरकार तथा सहकारी अभियान एवं सरोकारवाला निकायहरुबीच सुदृढ सम्बन्ध र समन्वयको भावना विकास गर्ने लक्ष्य लिएको छ ।
यस्तै सहकारी क्षेत्रमा रहेका साझा समस्याको पहिचान तथा भावी कार्य दिशा निदृष्ट गर्ने, अन्तराएष्ट्रिय सहकारी महासंघको लक्ष्य अनुरुप सहकारी दशक भित्र सहकारी व्यवसायको सुदृढीकरणका लागि थप पहलकदमी लिने र सहकारी संघ संस्थाहरुबीच ऐक्यवद्धता एवं साझा प्रतिवद्धताहरु कायम गर्ने लक्ष्य लिइएको महासम्मेलन मुल आयोजक समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
