शत प्रतिशत सहकारीलाई बैंकमा आवद्ध गराउँछौं, केदारनाथ उप्रेतीको अन्तर्वार्ता
सात प्रश्नमा केदारनाथ उप्रेती

केदारनाथ उप्रेती
प्रमुख, राष्ट्रिय सहकारी बैंक, कास्की
कास्की जिल्लामा सञ्चालित सहकारीहरुको समग्र अवस्था कस्तो पाउनु भएको छ ?
अन्य जिल्लाहरुको तुलनामा कास्कीका सहकारी संस्थाहरु राम्रा र व्यवसायीक छन् । व्यवस्थित तबरले सञ्चालन भईरहेका छन् । सहकारीको मूल्य, मान्यता, सिद्धान्त र कानून अनुसार नै सञ्चालनमा छन् ।
राष्ट्रिय सहकारी बैंक, कास्कीमा स्थापना भएपछि सहकारी संस्थालाई के फाइदा भएको छ ?
बैंक स्थापना भएपछि सहकारीलाई वित्तीय कारोबार गर्न सहज भएको छ । सहकारीलाई आवश्यक पर्ने पूँजीको अभावलाई पूर्ति गर्ने काम बैंकले गरेको छ । सहज र सस्तो दररेटमा बैंकले पूँजी प्रदान गर्दै आएको छ । त्यसैगरी सहकारी संस्थालाई परामर्श समेत दिदै आएको छ । व्यवसायीक काम गर्ने तयारीमा रहेका सहकारीलाई अवश्यक परामर्शसहित वित्तीय सेवा प्रदान गर्ने गरेका छौं । सहकारीलाई आवश्यक तालिम समेत प्रदान बैंकले गर्दै आएको छ ।
विशेष गरी बैंकले के कस्ता व्यवसायमा लगानी गर्दै आएको छ ?
बैंकले विविन्न किसिमका कर्जा सेवा उपलब्ध गराउँदै आएको छ । कृषि, पशुपालन सहकारीलाई सस्तो दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । अर्कोतर्फ लघुवित्तमार्फत विना धितोमा कर्जा पनि उपलब्ध गराउँदै आएका छौं । गत वर्ष मात्रै पाँच सहकारीलाई सस्तो दरमा कर्जा उपलब्ध गराएका थियौं । हाम्रो मुख्य उद्देश्य भनेको पूर्ण बैंकिङ सेवा हो ।
कति सहकारीले बैंकमार्फत कारोबार गर्दछन् ?
शहरमा सञ्चालित अधिकांश सहकारी बैंकमा आवद्ध हुनुहुन्छ । ६ सय १५ सहकारी मध्ये ३ सय ५० सहकारीले कारोबार गर्दै आएको छ ।
काठमाडौंमा बसेर पनि काम गरेको अनुभव तपाईं सँग रहेको छ । पोखरा र काठमाडौंमा सञ्चालित सहकारीमा फरक के पाउनु भयो ?
काठमाडौंको तुलनामा पोखराका सहकारी व्यवस्थित पाएको छु । यहाँका सहकारी व्यवसायीक छन् । काठमाडौंमा लगानीहरु जोखिममा रहेका छन् । विना धितोमा बढी मात्रामा कारोबार गरिरहेका छन् । तर यस्तो अवस्था पोखरामा छैन ।
सदस्यहरुलाई सहकारीका बारेमा कत्तिको ज्ञान छ ?
विगतमा यस्तो समस्या अवश्य थियो । हाल सदस्यहरुले सहकारी बुझेका छन् तर प्रयाप्त भने छैन ।
सहकारी बैंक, कास्की शाखाको आगामी रणनीति के छन्?
कास्कीमा सञ्चालीत सम्पूर्ण सहकारीलाई वित्तीय सेवा उपलब्ध गराउने हाम्रो प्रमुख उद्देश्य हो । हामी शत प्रतिशत सहकारीलाई बैंकमा आवद्ध गराउने हाम्रो योजना छ । सहकारीलाई आवश्यक पूँजी बैंकमार्फत उपलब्ध गराउने हाम्रो योजना छ । कास्कीमा सञ्चालित सहकारी वित्तीय सेवाका लागि अन्य वित्तीय संस्था धाउनु नपर्ने वातावरण बनाउने हाम्रो योजना छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार