२२ कात्तिक २०८३, आईतवार

गौरीबहादुर कार्कीको अध्यक्षतामा ओरेन्टल व्यवस्थापन समिति गठन

२०७४ माघ ९, मङ्गलबार
गौरीबहादुर कार्कीको अध्यक्षतामा ओरेन्टल व्यवस्थापन समिति गठन

coop

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन २०४ को दफा १०४ बमोजिम गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि, गोविन्दबहादुर मल्ल, दीपकप्रसाद पौडेल, हुमाकान्त पन्थी र रेवतीरमण पोखरेल रहेका छन् ।

मन्त्रालयका प्रवक्ता रघुराम विष्टले समस्यग्रस्त सहकारीको व्यवस्थापन हेर्ने र निक्षेपकर्ताका रकम फिर्ता गर्नका लागि वातावरण बनाउन समिति गठन गरिएको जानकारी दिए ।
गत पुस २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले गठन गरेको समितिको कार्यालय राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालयको भवनमा हुनेछ ।

अभिलेख

लोकप्रिय