२२ कात्तिक २०८३, आईतवार

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा रविरमण तिवारी निर्वाचित

२०७४ पुष ३०, आईतवार
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा रविरमण तिवारी निर्वाचित

pokhara coop
पोखरा । जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा पुनः रविरमण तिवारी निर्वाचित भएका छन् । तिवारीले एक सय ५९ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी तोयानाथ लम्सालको १ सय १८ मत ल्याए ।
वरिष्ठ उपाध्यक्षमा बलराम गौतम निर्वाचित भए । गौतमले १ सय ३८ मत प्राप्त गरे । प्रतिस्पर्धी हरिभक्त पौडेलको १ सय ३२ ल्याए । महिला उपाध्यक्षमा सावित्री कोइराला १ मत बढी ल्याएर विजयी भएकी छन् । उनको १ सय ३५ मत ल्याए भने प्रतिस्पर्धी सन्तु सुवेदीले १ सय ३४ मत ल्याए ।
महासचिवमा छबिलाल लामिछाने विजयी भए । उनले १ सय ४४ मत प्राप्त गरे । प्रतिस्पर्धी ज्ञानेन्द्रलाल पौडेलको १ सय २९ मत ल्याए । कोषाध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भए । उनको १ सय ४५ मत आएको छ भने प्रतिस्पर्धी सीता गुरुङको १ सय २७ मत ल्याए ।

अभिलेख

लोकप्रिय