२२ कात्तिक २०८३, आईतवार

सहकारी पत्रकारलाई चुनाव लाग्यो

२०७४ पुष ३०, आईतवार
सहकारी पत्रकारलाई चुनाव लाग्यो

header-logo

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को साधारणसभा तथा अधिवेशन माघ १२ गते हुने भएको छ । पुस २६ गते बसेको सिजेएनको कार्यसमिति बैठकले माघ १२ गते साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

संस्थाले सबै सदस्यलाई आगामी माघ १० गते भित्र आफ्नो सदस्यता नवीकरण गर्न कार्यसमितिले आग्रह गरेको छ । सोही अवधिभित्र विधान अनुसार योग्यता पुगेका नयाँ सदस्यले आवेदन दिन सक्ने जनाएको छ ।

हाल संस्थाको अध्यक्ष डिल्लीप्रसाद सापकोटा रहेका छन् । साधारणसभा संगै नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी सगर्मी बढेको छ ।

अभिलेख

लोकप्रिय