२२ कात्तिक २०८३, आईतवार

यसकारण सहकारीमा आन्तरिक लेखापरीक्षण

२०७४ पुष १५, शनिवार
यसकारण सहकारीमा आन्तरिक लेखापरीक्षण

audit-reports

आन्तरिक नियन्त्रण प्रणाली

सहकारी संघ/संस्थाको वित्तीय अनुशासनको लागि आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखापरीक्षण प्रणालीको अत्यन्तै महत्वपूर्ण योगदान रहेको हुन्छ । आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखापरीक्षण प्रणालीको प्रभावकारीता र विश्वासनीयताको आधारमा लेखापरीक्षकको भावी कार्ययोजना निर्धारण गरिन्छ । आन्तरिक नियन्त्रण प्रणालीमा साधारण सभा, संचालक समिति, लेखा समितिले अप्नाएका सवै नीति, कार्यविधि, योजना, कार्यक्रम र प्रकृयाहरु समावेश भएका हुन्छन । आन्तरिक नियन्त्रण प्रणालीका प्रमुख उद्धेश्यहरु निम्नानुसार छन् ।

१) संघ/संस्थाहरुको सम्पति तथा श्रोत साधनहरुको संरक्षण गर्नु ।
२) उचित, नियमित र मितब्ययी तरिकाले श्रोत साधन परिचालन गर्नु ।
३) कारोवारहरुको ब्यवस्थित अभिलेखन गर्नु ।
४) प्रचलित ऐन कानूनहरुको पालना गर्नु ।
५) सहकारी सिद्धान्त तथा मूल्य मान्यताहरुको पालना गर्नु ।
६) संघ÷संस्थाहरुको कार्यदक्षता र कार्य प्रभावकारीतामा वृद्धि गर्नु ।
७) प्रतिवेदन र वित्तीय सूचनाहरुको विश्वासनीयता वृद्धि गर्नु ।
८) निर्धारित समयमा साधारण सभा संचालन र नियमित रुपमा संचालक समिति र लेखा समितिको बैठक संचालन गर्नु ।
९) बजेट तथा कार्यक्रमको कार्यान्वयनमा कार्यविधिको पालना सुनिश्चित गर्नु ।

अभिलेख

लोकप्रिय