२२ कात्तिक २०८३, आईतवार

साताभर विविध कार्यक्रम गरी हेटौंडा बचतको स्थापना दिवस मनाईयो

२०७४ पुष १३, बिहिबार
साताभर विविध कार्यक्रम गरी हेटौंडा बचतको स्थापना दिवस मनाईयो

hetauda bachat sahakari

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको अवसरमा साताभर विविध कार्यक्रम गरी मनाईएको छ । पौष ७ गतेदेखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम १३ गते बिहीबार साँझ कार्यालयमा दिपावली गर्दै समापन गरिएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पौष ७ गते घर घरमा गई नयाँ सदस्य बनाइएको थियो । ९ गते सरसफाई, १० गते बाल सम्मेलन र वन भोज, ११ गते ओम् बृद्दाश्रमलाई खाद्यान्न हस्तान्तरण, १२ गते अन्तरक्रिया, १३ (बिहीबार) संस्थाका महिला सञ्चालक र महिला शेयर सदस्य बीच मैत्रीपूर्ण फुटवल आयोजना थरिएको थियो ।

संस्थाले हरेक बर्ष स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको छ । नगरको ग्रामिण भेगमा रहेर स्थानीय जनतालाई बैकिङ सुबिधा उपलब्ध गराई जिल्लाकै बचत सहकारीतर्फ सदस्य संख्या र कारोवारतर्फ प्रथम स्थान हासिल गरेको सहकारीले यही महिनादेखि ३६५ दिनै कार्यालय सञ्चालन गरिने संस्थाका प्रबन्धक रामशरण गौतमले बताए ।

संस्थामा हाल ३ हजार ८ सय ९६ जना सदस्य रहेका छन् । संस्थाको चालू आर्थिक वर्षमा ७५ करोड कारोबारको प्रस्तावित बजेट रहेको संस्थाका सञ्चार प्रमुख सुशील सुवेदीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय