कान्तिपुरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मनोज भण्डारी

काठमाडौं । काठमाडौंको गंगबु स्थित कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको १७ औैं वार्षिक साधारणसभाले मनोज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा गणेश बुढाथोकी, सचिवमा राजन खत्री, कोषाध्यक्षमा राजकुमार विष्ट, र सञ्चालक सदस्यमा माधव महर्जन निर्वाचित भएका छन् ।
कृष्ण बस्नेतको संयोजकत्वमा सुनिना सिंह लगायतको लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको छ । त्यस्तै कर्जा समितिमा शिशिर ढकाल र विष्णु खनाल निर्वाचित भएका छन् ।
यसैबीच संस्थाले शेयर पुँजी बढाउँदै लगेको संस्थाका अध्यक्ष मनोज भण्डारीले बताए । संस्थाको अघिल्लो आर्थिक वर्षमा ३ करोड ४ लाख ५४ हजार शेयर पुँजी थियो भने आर्थिक वर्ष २०७३र७४ मा बढेर ४ करोड ३ लाख ४० हजार १ सय रुपैयाँ पुगेको बताइएको छ ।
संस्थाले २५ करोड ७ लाख ७८ हजार ७ सय ८१ रुपैयाँ निक्षेप संकलन गरी २४ करोड २३ लाख ४७ हजार ७८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले १३ लाख ७० हजार ९ सय ३५ रुपैयाँ नाफा गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार