श्री लालीगुराँस सहकारीले सरकारलाई बुझायो ४ करोड ७१ लाख राजश्व

काठमाडौं । ललितपुर–३, पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको छ ।
नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्था मध्ये अग्रणी स्थानमा लालीगुराँस रहेको छ । संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । यस संस्थाले आ.व. ०७३/०७४ मा ९ करोड ७१ लाख ४६ हजार १ सय ९९ रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यसै गरी, आ.व. ०७२/०७३ को कूल कारोबार ४ अर्ब ६२ करोड २९ लाख ६३ हजार १ सय ९८ रहेकोमा चालु आ.व. मा ८ दशमलब २१ प्रतिशतले बृद्धि गरी कुल कारोवार ५ अर्ब २३ लाख ९८ हजार ३ सय ६८ रुपैया पु¥याएको छ ।
संस्थाको आ.व. ०७२/०७३ मा ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपैयाँ निक्षेप रहेकोमा आ.व. ०७३/०७४ मा ६ दशमलब ७६ प्रतिशतले बृद्धि भई ४ अर्ब १८ करोड ८६ लाख १ हजार ९ सय ६३ रुपैया पुगेको छ । कर्जा लगानी तर्फ आ.व. ०७२/०७३ मा ३ अर्ब ४ करोड ३१ लाख ५४ हजार २ सय ३५ रुपैया रहेकोमा, चालु आ.व. मा ११ दशमलब ७५ प्रतिशतले बृद्धि भई ३ अर्ब ४० करोड ८ लाख ५२ हजार ८ सय ४ रुपैया पुगेको छ ।
त्यस्तै शेयर पूँजी तर्फ आ.व. ०७२/०७३ को कुल शेयर पूँजी ३२ करोड ४ लाख ५३ हजार ९ सय मात्र रहेकोेमा आ.व. ०७३/०७४ मा १७ दशमलब १८ प्रतिशतले बृद्धि भई ३७ करोड ५५ लाख २० हजार ९ सय रहेको छ । १७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ ।
२०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ असोज १५ गतेबाट कारोबार सुरु गरेको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रा.लि., श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रा.लि., जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रा.लि., भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ । संस्थाले यसै आ.व. मा डेरी उद्योग संचालन गर्ने तयारी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार