थप चार शाखा विस्तार गर्दै सहकारी बैंक

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले पाँचथर, धनकुटा, महोत्तरी र सर्लाहीमा शाखा कार्यालय स्थापना गर्ने भएको छ । उक्त स्थानमा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए ।
बैंकले पाँचथर, धनकुटा, महोत्तरी, सर्लाही, चितवन र नवलपरासी जिल्लामा गरी ६ वटा शाखा कार्यालय स्थापना गर्न माग गरिएकोमा उक्त चार स्थानमा स्वीकृती पाएको हो ।
बैंकले आ.व. २०७१/०७२ मा ३४ वटा शाखाबाट सेवा प्रदान गर्दै आएको थियो भने आ.व. २०७२/०७३ मा ३ वटा शाखा थप गरी ३७ शाखा कार्यालयबाट सेवा तथा कारोबार गर्दै आएको छ ।
स्वीकृत हुन बाँकी शाखाका लागि थप पहल भईरहेको अध्यक्ष पोखरेलले बताए । स्वीकृत पाएको चार वटै स्थानमा आगामी तीन महिना भित्रै शाखा कार्यालय स्थापना हुने गरी तयारी कार्य अगाडि बढाइएको व्यहोरा पोखरेलले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
