लालीगुराँस सहकारी वाणिज्य बैंकपछिको दोस्रो ठूलो वित्तीय संस्था भएको दाबी

काठमाडौं । ललितपुर–३, पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
सहरी विकास मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक कार्यक्रम तथा बजेट पारित भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले चालु आव ०७३/०७४ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा जानकारी गराए ।
संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल अध्यक्ष श्रेष्ठले बताए । उनले सहकारी विभाग, डिभिजन सहकारी कार्यालय र विषयगत संघको माध्यमबाट संकलित वाणिज्य बैंकपछि दोश्रो ठूलो वित्तीय कारोबार सहकारी संस्थाबाट भएको दाबी गरे ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी संघ÷संस्थाबाट प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेका जानकारी गराए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार