सहकारीका प्रत्येक सदस्यलाई व्यापार गर्न प्रोत्साहित गरौं : जि.सी

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि व्यापार गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भएको छ । व्यापार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको पाचौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
व्यापार भनेको पसल थापेर गरिने कपडा, खाद्यान्न, सिमेन्ट लगायतको मात्रै होइन, सहकारीका प्रत्येक सदस्यले आफुसंग जे उत्पादन हुन्छ, जे संभावना छ, त्यसैको व्यापार गर्नु पर्छ, जिसीले भन्नुभयो, व्यापार भनेको आफुसंग भएको वस्तु विक्री गर्ने र आवश्यक वस्तु खरिद गर्ने हो ।
रेमिट््यान्सबाट आएको पैसाले विदेशबाट आएको सामान खरिद गरेर उच्च स्तरको जीवन जिउने अवस्थाको अन्त्यका लागि उत्पादन बढाउन, उत्पादित वस्तुको वजारीकरण गर्न तथा स्थानीय स्रोतको प्रशोधनमा सहकारी क्षेत्रले ध्यान दिनु पर्नेमा जिसीको जोड थियो ।
सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई उत्पादनमा सक्रिय बनाउने, उत्पादित वस्तुको बजारीकरण गरेर आयआर्जनमा वृद्धि गर्ने, आयआर्जन गरेको रकम वचत गर्ने र थप आयआर्जनका लागि परिचालन गर्न प्रोत्साहित गर्नु पर्ने भन्दै उहाँले खेर गैरहेका वस्तुहरुको सदुपयोग गरेर थप आम्दानी गर्न र खचै कटौती गरेर वचत गर्न सहकारीका शेयर सदस्यहरुलाई आग्रह गर्नु भयो ।
सहकारी संघ संस्थाहरु आर्थिक कारोबारमा मात्रै केन्द्रीत नभई विभिन्न सचेतनामुलक तथा सीपमुलक क्रियाकलाप सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नु भयो । नयाँ ऐनका बिषयमा जानकारी गराउदै उहाले ऐनमा उल्लेख भएका सकारात्मक कुरालाई कार्यान्वयन गर्न र सुधार गर्नु पर्ने विषयमा सुधारका लागि समन्वय गर्नु पर्नेमा जिसीको जोड थियो ।
कार्यक्रममा संस्थाका संरक्षक युगेश्वर वझा, कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष भोजराज रेग्मी, शेयर सदस्य दलबहादुर कार्की र रञ्जना श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव गोकुल कँडेलले प्रगती प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त पौडेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक इन्द्रमणी पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक वर्षमा ८ करोड ८४ लाख २३ हजार ६ सय ५९ रुपैँयाको कारोबार गरेको साधारणसभामा जानकारी गराइएको थियो । साधारणसभामा संस्थाले उत्कृष्ट बचतकर्ता असिम गौतम, उपेन्द्र शाह, कृष्ण पौडेल, दलबहादुर कार्की र असल ऋणी मिना पौडेल तथा उत्कृष्ट कर्मचारी सरस्वती जिसीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हरिलाल सुवेदीको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार