उपासना सहकारीको ८ औं साधारणसभा सम्पन्न

काठमाडौं । सितापाईलास्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभामा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष अमरावती वलामी (महर्जन) को अध्यक्षतामा सम्पन्न साधारण सभामा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, नेफ्स्कूनका लेखा सदस्य विपिन शर्मा लगायत सहकारीकर्मी आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले सहकारी क्षेत्रको सहयोग लिएर यसलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे । नयाँ ऐनले सहकारी क्षेत्रको अधिकार स्थानीय तहलाई दिएकाले सहकारी दर्ता र अनुगमनका लागि कार्यविधि निर्माणमा नगरलालिका लागेको बताए ।
जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष तामाङले महिला शसक्तिकरणमा सहकारीको भूमिकाको प्रशंसा गरे ।
संस्थाको ८४ लाख ११ हजार पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७३/०७४ सम्ममा ४ करोड ३९ लाख निक्षेप संकलन गरी ५ करोड ४२ लाख लगानी गरेको जनाएको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार