सहकारीको अन्तर्राष्ट्रिय महिला गोष्ठी काठमाडौंमा

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा सहकारी व्यवसायमा महिलाको भूमिका बृद्धि सम्बन्धी चार दिने गोष्ठी काठमाडौ मंगलबारबाट शुरु भएको छ । लैगिक समानता हासिल गर्ने र सबै महिलालाई अभिप्रेरणा भन्ने दिगो विकास लक्ष्यको पाँचौ लक्ष्यलाई केन्द्रमा राखेर गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ ले सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत सहभातिा सुनिश्चित गरेको बताउनुभयो । ‘दक्षिण एसियामा महिलाको सवालमा नेपाल अगाडी छ तर निति निर्माण तहमा अझै महिलाको सहभागिता बृद्धि गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड मेम्बर तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारीमा महिलाको उत्साहजनक सहभागिता रहेको भए पनि नेतृत्व तहमा भने न्यून रहेको बताउनुभो । उहाँले समानरुपमा सम्पूर्ण क्षेत्रमा महिलाको सहभागिता गराएर विश्वलाई उदाहरण दिनुपर्ने धारणा राख्नुभयो ।
आइसीए एपीको क्षेत्रिय निर्देशक बालु ऐयरले नेपालको सहकारीले महिला शसक्तिकरणमा ऐतिहासिक सफलता हात पारेको धारणा राख्नुभयो । उहाँले विश्वका विभिन्न देशको उदाहरण दिर्दै लैगिक समानतामा नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा आइसीए एपीकी सावित्रि सिंहले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनकी वरिष्ठ कार्यक्रम अधिकृत निता न्यौपानेले सहकारी र श्रम ऐनको विषयमा चर्चा गर्नुभयो । नेपालको नयाँ श्रम ऐनले सहकारीमा काम गर्ने कमचारीलाई पनि सम्बोधन गरेको व्याख्या गर्नुभयो । त्इसैगरि राष्ट्रिय योजना आयोगका सह सचिव विजु कुमार श्रेष्ठले नेपालमा महिला सशक्तिकरणका लागि विविध कार्यक्रम रहेको र उपलब्धिसमेत हासिल गरिरहेको बताउनुभयो । त्यैगरि सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव रघुराम विष्टले कार्यपत्र प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था र दिगो विकास लक्ष्यको पाँचौ लक्ष्य प्राप्तिका लागि आगामी योजनाको विषयमा चर्चा गर्नुभयो ।
जिआइजेडका प्राविधिक सल्लाहकार रोशन श्रेष्ठले नेपालमा सहकारीलाई व्यवसायीकरण गर्न र महिलालाई निति निर्माण तहमा पु¥याउनका लागि भुमिका खेलिरहेको बताउनुभयो । त्यसैगरि कार्यक्रममा भुटानकी चित्रामाया कामी, माल्दिभ्सकी जुल्फा आदम, राष्ट्रिय सहकारी महासंघकी नायव महाप्रबनधक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंक लिकी संचालक सरिता भट्टराईलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । देशभरिका ६० भन्दा बढि नेतृत्व तहमा रहेको महिलाहरुको गोष्ठीमा सहभागिता रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
