सहकारीकर्मी राजेन्द्रप्रसाद पाण्डे बने प्रदेश सांसद

धादिङ । धादिङ क्षेत्र नं १ अन्तरगत प्रदेश सभा १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् ।
प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठलाइ १३ हजार ६ सय ९६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले २७ हजार ३ सय ३१ मत ल्याए । श्रेष्ठले १३ हजार ६ सय ३५ मत ल्याए ।
को हुन् पाण्डे ?
राजेन्द्रप्रसाद पाण्डे नेकपा एमालेको तर्फबाट धादिङ–१ (क) प्रतिनिधीसभाका उम्मेदवार हुुन्। उनको जन्म २०१३ साल जेठ २९ मा बाबु स्व नेत्रराज पाण्डे र आमा मनमाया पाण्डको कोखबाट गजुरी गाउँपालिकामा भएको हो।
ग्रामिण विकासमा स्नातकोत्तर पाण्डे २०३१ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न छन्। उनी नेकपा मालेको सह–सचिव हुुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भए।
उनी २०५० सालमा पार्टीको अञ्चल सचिव, २०५५ सालमा केन्द्रिय सदस्य भए। हाल उनी पार्टीको पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा छन। उनी २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए।
उनले स्थानीय विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार