१६ वैशाख २०८३, बुधबार

कालिकोटका २६ सहकारीकर्मी सम्मानित

२०७४ मंसिर १८, सोमबार
कालिकोटका २६ सहकारीकर्मी सम्मानित

kalikot

कालीकोट । जिल्लाको सबैभन्दा बढि कारोबार भएको हिमचुलि कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभाबाट २६ जना सदस्य सम्मानित भएका छन् । जिल्ला सदरमुकाम खांडाचक्र नगरपालिकाको मान्ममा भएको साधारणसभामा संस्थाले सहकारीमा आवद्ध विभिन्न क्षेत्रमा रहेर व्यवसाय तथा सहकारीमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

सम्मान पाउनेमा खांडाचक्र नगरपालिकाको मान्म सेवा केन्द्रबाट ५ जना महिला सदस्य, कुमालगांउ सेवा केन्द्रबाट ५ जना सदस्य, रास्कोट सेवा केन्द्रबाट ५ जना सदस्य, पिलि सेवा केन्द्रबाट ५ जना, नाग्म सेवा केन्द्र बाट तिन जना र मुख्य कार्यालयबाट तिन जना गरी २६ जना सम्मानित गरिएको बताइएको छ ।

संस्थाले गएको वर्ष आठौं वार्षिक साधारण सभामा शिक्षक तथा कर्मचारी बाट तिन जना,जेष्ठ नागरिकबाट दुई जना, संस्थाका कर्मचारी तिन जना, २३ जना शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । सम्मान गरिएका सदस्यहरुलाई सम्मान पत्र सहित नगल समेत प्रदान गरिएको संस्थाका सचिव भिमप्रसाद बरालले बताए । उहाँका अनुसार सहकारीले राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई घृणाको भावनाबाट सकरात्मक तर्फ लैजान शुरुवात गरेको बताए ।

वार्षिक साधारण सभामा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले संस्थाले विगत छोटो समयमा गरेको सफलतको उच्च कदर गर्दै जिल्ला भर कार्यक्षेत्र रहेका संस्थाका सदस्यहरुलाई व्यवसायी मात्र नभई उत्पादन मुलक काममा लगाउनु अनुरोध गरे । जिल्ला भर पाँच वटा सेवा केन्द्र रहेको हिमचुलि कृषि सहकारी संस्थाले लघुवित्त कार्यक्रम मार्फत लघुकर्जा, लघुबिमा, लघु बचतको कारोबार गर्दै आएको छ ।

त्यसै गरी संस्थाले मनिट्रान्सफर, बचत तथा कर्जा प्रवाह, सौर्य उर्जा कार्यक्रम, कृषि बजारी करण, तालिम तथा शिक्षा लगाएतका काम गर्र्दै आएको छ । हाल सहकारी संस्थाका ७ हजार दुई सय सदस्यहरु मध्ये ६ हजार महिला सदस्यहरु रहेका छन् । संस्थाले आगामी वर्षका लागि पचास करोडको प्रस्तावित बजेट प्रस्तुत गर्दै संस्थाका अध्यक्ष काशिचन्द्र बरालले सहकारीका सम्भावना धेरै रहेकाले आगामी दिनमा संस्थाले गर्ने हरेका क्रियाकलापहरुमा सदस्यहरुले फाइदा लिन अनुरोध गरे । आर्थिक वर्ष २०७३/२०७४मा संस्थाले १२ लाख मुनाफा ल्याउन सफल भएको बताइएको छ । २०६५ सालमा दर्ता भएको सहकारी संस्थाका ३५ जना कर्मचारी रहेका छन् ।

अभिलेख

लोकप्रिय