२२ कात्तिक २०८३, आईतवार

स्टार सहकारीको नाफा करिब २ करोड

२०७४ मंसिर १६, शनिवार
स्टार सहकारीको नाफा करिब २ करोड

star

काठमाडौं । स्टार बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७३/७४ मा सम्भावित जोखिम व्यवस्था अघि एक करोड ९२ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

आज यहाँ सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष दिनेश राईले आर्थिक वर्ष २०७३÷७४ को अन्त्यसम्ममा सस्थाको निक्षेप संकलन रु एक अर्ब २९ करोड ९२ हजार र कर्जा लगानी रु एक अर्ब दश करोड ७३ हजार पुगेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२/७३ को तुलनामा निक्षेप संकलन ६६ प्रतिशतले र कर्जा लगानी ६२ प्रतिशतले वृद्धि भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा थप शेयर बिक्री गरी चुक्ता पुँजी १९ करोड ६० लाख पु¥याउने लक्ष्य राखेको छ । संस्था चुक्ता पुँजी हाल रु ११ करोड ४१ लाख ५२ हजार ५०० छ ।

ललितपुरस्थित कुमारीपाटीमा मुख्य कार्यालय रहेको यो संस्थाले कालीमाटी, न्युरोड, सामाखुशी र भक्तपुरको सल्लाघारी गरी चार सुविधा केन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा दिँदै आएको छ । संस्थाको कूल कमचारी संख्या १५१ रहेको छ ।
संस्थाका उपाध्यक्ष शीला श्रेष्ठले हजारौं शेयरधनी रहेको यस संस्थाले गुणात्मक र संख्यात्मक सेवा दिन सकेको भन्दै संस्थाको व्यवस्थापकीय टोलीप्रति आभार व्यक्त गर्नुभयो ।

साधारण सभामा उत्कृष्ट शेयर सदस्य, जेष्ठ सदस्य, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट युवा उद्यमी, उत्कृष्ट क्रृणीलाई सम्मान, एसइई परीक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार तथा संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय