ओमदेवीले राखिन राष्ट्रको नाम

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए)को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो ।
मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि १७ सम्म भएको ग्लोबल कँग्रेसको ९आइसिए० को साधारणसभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल निर्वाचित भएकी छिन ।
पूर्व सांसद मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशील महिला हुन् । उनी राष्ट्रिय सहकारी महासंघको पहिलो महिला उपाध्यक्षसमेत हुन । उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रुपमा नेपाल सरकारबाट नियुक्ति भई कार्य गरेको अनुभव पनि छ । भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उनी नेपालको पहिलो महिला सहकारीकर्मी पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पनि हुन्।
राष्ट्रिय सहकारी महासंघ, ३४ हजारभन्दा बढी सहकारी संघसंस्था र ६० लाख सहकारीकर्मीको साझा संगठन हो । मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसिए० को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।
विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रुपमा यस विजयलाई लिइएको महासंघका महाप्रबन्धक रामभजन शाहले बताए । अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको छाता संगठन हो । विश्वका ९५ देशका सहकारी अभियानका शीर्ष निकाय आबद्ध छन् । सहकारी संस्थाको मूल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
