नेचुरल साकोसको ९ औं साधारणसभा सम्पन्न

काठमाडौं । जोरपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था (नेचुरल साकोस)को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरे ।
सभामा वोल्दै प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे ।

संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न सभामा संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३/०७४ मा ४ करोड ९ लाख ८६ हजार रुपैंया शेयर पूँजी तथा ४० करोड ७३ लाख ५३ हजार ६ सय ३० रुपैंया बचत संकलन गरेको जानकारी दिए । त्यसैगरी ४७ करोड २ लाख ६० हजार ७ सय ८७ रुपैंया कर्जा लगानी गरी १ करोड ४६ लाख ४२ हजार ६ सय ६० रुपैंया खुद आम्दानी गरेको जानकारी दिए । संस्थाले यस अर्थिक वर्षमा ५९ करोड ९० लाख ५ हजार २ सय १० रुपैंयाको कूल कारोवार गरेको जनाएको छ ।

साधारणसभाको अवसरमा संस्थाले पाँच वर्ष निरन्तर सेवा अवधी पुगेका कर्मचारी संतोषराज पाण्डेलाई सम्मान गरेको छ । कार्यक्रममा बिशेष अतिथी शखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
