सहकारीमा लेखापरीक्षणको महत्व र फाइदा
![]()
सहकारी संघ/संस्थाहरु खुल्ला र स्वेच्छिक सदस्यता भएका स्वायत्त प्रजातन्त्रिक आर्थिक र सामाजिक एकाईहरु हुन । सदस्यहरुद्वारा सदस्यहरुको लागि सदस्यहरुको संगठित संस्था भएकोले सहकारी संघ संस्थाहरुमा सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण र सहभागिता रहेको हुन्छ । सहकारी प्रजातान्त्रिक मूल्य मान्यता र सिद्धान्तमा चल्ने संस्था भएकोले निष्पक्षता, पारदर्शिता र जवाफदेहिता यसका आधारभुत तत्वहरु हुन् ।
प्रजातन्त्रका आधारभुत तत्वहरुलाई आत्मासाथ गर्ने सन्र्दभमा सहकारी संघ संस्थाको कारोवार तथा हर हिसावमा विश्वासनीयता र पारदर्शिता रहनु पर्दछ । यस परिपेक्षमा सहकारीमा लेखापरीक्षण एक अपरिहार्य महत्वपूर्ण अंगको रुपमा क्रियाशिल रहेको हुन्छ । सामुहिक हक हित सुनिश्चित गर्न, सम्पती जाय जेथा नगद कोष तथा अन्य पुजिगत श्रोत साधन र सर सामानहरुको सुरक्षा र सदुपयोगको लागि लेखपरीक्षण ज्यादै उपयोगी र महत्वपूर्ण औजार हुन सक्दछ । लेखापरीक्षणको माध्यमबाट संस्थाको जिम्वेवार व्यक्ति वा समुहबाट भएका त्रुटि, गलत निर्णय, असावधानी, र अनुत्तरदायी कार्य वाहेक समयमा नै पत्ता लगाउनेर सो कार्य गर्ने गराउने व्यक्ति र तहको ध्यान आकृष्ट गर्न र ठुलो नोक्सानी हुन बाट रोक्न तथा गल्ती सुधार गर्न सकिन्छ ।
सहकारी संघ सस्थाको स्वामित्वमा रहेको साधन श्रोत र पुँजीलाई के कसरी कार्यदक्षता पूर्वक र मितब्ययी तरिकाले परिचालन र सदुपयोग गर्न सकिन्छ भन्ने वारे लेखापरीक्षकले सम्बन्धित पक्षलाई मार्ग निर्देश गर्ने हुँदा सहकारी आर्थिक व्यवस्थापनमा लेखापरीक्षणको ज्यादै ठुलो महत्व रहेको देखिन्छ । लेखापरीक्षणका फाइदाहरु यस प्रकार छनः
– संस्थाको कारोवारमा गल्ती, छलकपट, मस्यौट र अनियमितता पत्ता लगाउन सकिने ।
– कर्मचारीलाई नियमित तथा होशियार हुन र जिम्मेवारी पुरा गर्न सफल हुने ।
– वीमाको क्षतिपूर्ति दावि गर्ने र बैंक तथा वित्तीय संस्थावाट ऋण प्राप्त गर्ने आधार हन्छ ।
– लेखापरीक्षण गरिएको हिसाववाट संस्थाको सम्पति मूल्याङकन गर्न सकिन्छ ।
– लेखापरीक्षण गरिएको हिसाव संस्थाको कर फरफारक गर्ने आधार हन्छ ।
– लेखापरीक्षकवाट संस्थाका लागि सुझाव प्राप्त हुन सक्दछ ।
– सदस्यहरु वीच हिसाव फरफारक गर्न सकिन्छ ।
– विभिन्न वर्षहरुको कारोवारको तुलनात्मक अध्ययन गर्न सकिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
