२२ कात्तिक २०८३, आईतवार

ग्रामिण सहकारीको बस सेवा धादिङ टु दिल्लीसम्म

२०७४ कात्तिक १३, सोमबार
ग्रामिण सहकारीको बस सेवा धादिङ टु दिल्लीसम्म

gramin yatayat

धादिङ । ग्रामिण यातायात सहकारीले धादिङबेशी बाट दिल्ली बस सेवा संचालन गरेको छ । कात्तिक १० गते धादिङ उधोग बाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले दिल्ली जाने यात्रुहरु १० जनालाई टिका र माला लगाएर बिदाई गरी सेवा सुचारु गरिएको हो ।

क्यारिमेन टुर एण्ड ट्राभलको सहकार्यमा ग्रामिण यातायातले धादिङबेशीबाट दिल्ली बस सेवा सुचारु गरेको हो । अब हरेक दिन दिउसो १ बजे धादिङबेशीबाट दिल्ली बस लाग्ने छ । ग्रामिण यातायातको सबै टिकट काउन्टर बाट टिकट पाईने र जनताको माग अनुसार ग्रामिण यातायातले दिल्ली बस सुचारु गरेको ग्रामिण यातायातका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउ ।

२०६५ सालमा स्थापना भएको यस संस्थाले धादिङका विभिन्न ग्रामिण क्षेत्रका साथै धादिङ–काठमाडौं–धादिङ बस सेवा सञ्चालन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय