२२ कात्तिक २०८३, आईतवार

आदर्श समाजको १८ औँ साधारणसभा सम्पन्न

२०७४ असोज २८, शनिवार
आदर्श समाजको १८ औँ साधारणसभा सम्पन्न

20171014_140329

रामनगर । आदर्श समाज बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारण सभा शनिबार रामनगरमा सम्पन्न भएको छ ।
२०५७ सालमा २६ जनाको २६ सय शेयर पूँजीबाट सञ्चालन गरिएको यस सहकारीमा तीनसय नौ महिलासहित हाल पाँचसय ६६ शेयर सदस्य रहेका छन् । संस्थाले करिब साढे दुईकरोड पूँजी संकलन गरेका छन् ।

साधारण सभामा नेपाल बचत तथा ऋण सहकारी संंघकी सञ्चालक शान्ती अधिकारी प्रमुख अतिथि थिईन् । कार्यक्रममा सहकारीका सदस्यहरुले आफ्नो ज्ञान, सीप, र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको विकास गर्न अधिकारीले अनुरोध गरिन् ।

उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक संस्थापक सचिव हरिप्रसाद पोखरेल, लेखा समिति संयोजक कुष्माखर अधिकारी, ऋण समिति संयोजक क्षेत्रबहादुर सुवेदी, शिक्षा समिति संयोजक चित्रबहादुर न्यौपाने, १ नं. वडाका वडासदस्य शुक्रकुमार श्रेष्ठ, सतनचुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलाबहादुर पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको बन्द सत्रले सचिव बाबुराम भट्टद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज देवकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । कार्यक्रम अध्यक्ष जंगबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय