२२ कात्तिक २०८३, आईतवार

सहकारीकर्मी नेत्रराज पौडेल निर्विरोध, मिनराज कडेंको पनि नाम सिफारिस

२०७४ असोज १८, बुधबार
सहकारीकर्मी नेत्रराज पौडेल निर्विरोध, मिनराज कडेंको पनि नाम सिफारिस

minraj-netra

धादिङ । नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न क्षेत्र नं. १ को बैठक सम्पन्न गरेको छ ।

धादिङको प्रदेश सभामा चार क्षेत्र मध्य क्षेत्र नं. १ अन्तर्गत क मा आठ जना आकांक्षीका बीचमा प्रदेश कमिटीका सदस्य सहकारीकर्मी नेत्रराज पौडेल निर्विरोध चयन भएका छन् । पौडेल जिल्ला सहकारी संघ धादिङका अध्यक्ष हुन् । यसैगरी उनी हाइवे बचत तथा ऋण सहकारी संस्था, बैरेनीका अध्यक्ष पनि हुन् ।

त्यस्तै क्षेत्र नं. १ ख को बैठकले चार जनाको नाम जिल्ला कमिटिमा सिफरिस गरेको छ । एमाले केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कंडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, पार्टी सचिव शिवराज कंडेल र पुराना नेता देवप्रसाद त्रिपाठीको नाम सिफरिस गरेको छ । कडेंल राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

अभिलेख

लोकप्रिय