मोडेल साकोसको अध्यक्षमा पुनः शाक्य

काठमाडौं । बनेपाको मोडेल बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारणसभाले अध्यक्षमा पुनः राजन शाक्यलाई निर्वाचित गरेको छ ।
शाक्यको नेतृत्वमा ११ सदस्यीय संचालक समिति चयन भएको छ। उपाध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना, सचिवमा रामसूदन तिमल्सिना, कोषाध्यक्षमा ओमकृष्ण प्रधान निर्विरोध निर्वाचित भए । संचालक सदस्यमा तारानाथ बञ्जार, जयन्द्र प्रधान, शुसिला पाठक, मधुरा मैनाली, गोविन्द्र दाहाल, कृष्ण सापकोटा र जनार्दन केसी निर्विरोध भए । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा केशव तिमिल्सना निर्विरोध भए । सदस्यहरुमा वेदप्रसाद बञ्जार र श्यामसुन्दर चौलागाई चुनिए । साधारण सभाको अवसरमा संस्थाले विधिन्न विधाका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको थियो । बालबचत कर्तामा मानस भट्टराई र आकृति गुप्ता पुरस्कृत भए उत्कृष्ट बर्ष ऋणीतर्फ कृष्णबहादुर पुरी, उत्कृष्ट बचतकताृमा सर्वज्ञ कायश्य, नियमित बचततर्फ राजन श्रेष्ठ, जेष्ठ सदस्य बचततर्फ कृष्णप्रसाद मैनाली सम्मानीत भएका थिए । बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक कुलचन्द्र अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।का संचालक उद्धव सापकोटा, शिज्ञाविज्ञ रमेश पौड्याल, एक्सेस ब्राण्ड प्राप्त संस्था सामुदायीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बञ्जारले शुभकामना मन्तव्य दिएको थिए ।
कार्यक्रममा संस्थाका सचिव तिमल्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ओमकृष्ण प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक केशव प्रसाद तिमल्सिनाले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
