२२ कात्तिक २०८३, आईतवार

मानवीयको सातौं वार्षिक साधारण सभा सम्पन्न

२०७४ असोज २, सोमबार
मानवीयको सातौं वार्षिक साधारण सभा सम्पन्न

manabiya01

काठमाडौं । झोंछें बसन्तपुरमा रहेको मानवीय बचत तथा ऋण सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष मनोज वासुकलाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले यस आर्थिक वर्षमा ६४ लाख ३६ हजार रुपैंया शेयर पुँजी तथा ७ करोड ७५ लाख ७४ हजार २ सय ३७ रुपैंया बचत संकलन रहेको जनमारी दिए ।

त्यसैगरी संस्थाले यस आर्थिक वर्षमा ६ करोड १५ लाख ३९ हजार ३ सय ६२ रुपैंया ऋण लगानी गरेको जानकारी गराए । उनले संस्थामा शेयरपुँजी वृद्धि गर्नु पर्ने भएकोले सम्पूर्ण सदस्यहरुलाई शेयरपुजी वृद्धिका लागि आग्रह गरे ।

अभिलेख

लोकप्रिय