२२ कात्तिक २०८३, आईतवार

महिला सहकारीको बचत ९१ लाख

२०७४ असोज १, आईतवार
महिला सहकारीको बचत ९१ लाख

150407_FF_SavingRefund

पोखरा । पोखरा लेखनाथ नगरपालिका– ३३ मा क्रियाशील मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था, खैरेनी, भरतपोखरीले आफ्नो बचत ९१ लाख पु¥याएको छ ।

संस्थाको छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष कमलादेवी आचार्यले उद्यमशीलताका आधारमा आर्थिक समृद्धितर्फ महिलालाई उन्मुख गराउने उद्देश्यका साथ क्रियाशील सहकारी संस्थामा २०६८ साल यता ६७६ जना महिला शेयर सदस्य बनिसकेकोे बताउनुभयो ।

छरिएको महिलाको सानो पूँजी बचत गरी त्यसमार्फत उद्यमशीलता विकासका कार्यक्रम अघि सारिएको उहाँले जानकारी दिनुभयो । आयआर्जन एवं उद्यमशीलताको विकासका लागि सहकारीले दूध संकलन तथा बजारीकरण, दाना चोक्कर बिक्री वितरणजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले महिलालाई संगठित गर्दै उद्यमशीलता एवं आयआर्जनका कार्यलाई अघि बढाउनु प्रशंसायोग्य भएको बताउनुभयो ।

अभिलेख

लोकप्रिय