२२ कात्तिक २०८३, आईतवार

बालबालिकालाई बचत गर्न सिकाउँदै उपासना साकोस

२०७४ भदौ ३०, शुक्रबार
बालबालिकालाई बचत गर्न सिकाउँदै उपासना साकोस

upasana

काठमाडौं : बाल दिवसको दिन उपासना महिला बचत तथा ऋण सहकारीले बालबालिकाका लागि बचत अभियानसँगै क्षमता अभिवृद्धि कार्यक्रमको सुरुवात गरेको छ ।

बालबालिकालाई फजुल खर्च गर्ने बानी हटाउँदै थोरै थोरै रकम भविष्यका लागि बचत गर्ने बानि बसाल्न कार्यक्रमको आयोजना गरिएको हो । सहकारीको शिक्षा उप–समितिको माताहतमा रहने गरी संस्थाका सदस्यहरुको छोराछोरी लक्षित बाल क्लब समेत गठन गरिएको छ ।

संस्थाले बालबालिकालाई बचत गर्ने बानीको विकाससंगै विभिन्न क्षमता अभिबृद्धिका कार्यक्रम समेत गर्ने संस्थाका अध्यक्ष अमरावती बलामी (महर्जन)ले बताईन । कार्यक्रममा सहभागि बालबालिकालाई अध्यक्ष महर्जन भने भनिन्, ‘आफूसँग भएको केही रकम खर्च गरेर हुँदैन, केही भाग बचत पनि गर्नु आवश्यक हुन्छ । भविष्यको लागि केही रकम छुट्याउनु आवश्यक छ, आजैबाट बचत गर्ने बानीको विकास गर्नुस् है ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बालबालिकालाई बचत किन गर्ने, कसरी गर्ने र बचतका फाईदाका बारेमा जानकारी गराएका थिए । सहकारीको यो अभियान अनुकरणीय रहेको भन्दै अन्य सहकारीले पनि पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा सहभागि बालबालिकालाई निःशुल्क सदस्यता वितरण गरिएको थियो ।

संस्थामा सदस्यका करिब सय जना छोराछोरीले नियमित बचत गर्दै आएका छन् ।

अभिलेख

लोकप्रिय