राष्ट्रिय सहकारी संघद्वारा बाढी पीडितलाई २५ लाख प्रदान
काठमाडौं । राष्ट्रिय सहकारी संघ लि. नेपालले बाढी पहिरो, कटान र डुवान पिडितहरुका लागि सहयोगार्थ २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको मंगलबार बसेको कार्यकारीणी समितिको बैठकले संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।
संघले यस अघि भूकम्प पिडितका लागि पनि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैया प्रदान गरेको थियो । संघले आफ्नो मातहतमा रहेको केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरि रहेको ३३ हजारभन्दा बढि प्रारम्भिक सहकारी सस्थाहरुलाई समेत सक्दो सहयोग उपलब्ध गराई दुखद् घडीमा हातेमालो गर्न आव्हान गरेको छ । संघले राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बानेश्वरमा रहेको आफ्नो खाता नं. १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको संघको दैवी प्रकोप उद्दार कोषको खाता नं. १४२००–३४३५१–१० मा रकम जम्मा गर्नका लागि सहकारी संघ/संस्थालाई आव्हान गरेको छ । ती खातामा संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिने संघका अध्यक्ष केशव प्रसाद बडालले बताए ।
संघले देशका विभिन्न भागमा आएको बाढी, पहिरो, कटान र डुवारमा परि जनधनको अपुरणीय क्षति र बाढी पहिरो प्रभावित क्षेत्रमा बासस्थान, कृषि बाली, सडक, उद्योगधन्दा प्रभावित भएकोले प्रभावित क्षेत्रका नागरिकको जीवन कष्टकर बनेको भन्दै यस्तो घडीमा सहकारीको मर्म अनुसार सहयोग गर्न आग्रह गरेको हो । संघले प्राकृतिक विपत्मा परि ज्यान गुमाएकाप्रति श्रञ्जाजलीसमेत व्यत्त गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
